२५ चैत्र २०८१ सोमबार
image/svg+xml १३:५१ अपराह्न
राजनीति

वागमती प्रदेशसभा अन्त्य, सरकार असफल भएको प्रतिपक्षी दलको टिप्पणी

वागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको जारी अधिवेशन बुधबार राति ११ः५९ बजेदेखि अन्त्य हुने घोषणा गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेदेखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका हुन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिपक्षी दलहरुले बजेटको विषयलाई लिएर प्रदेशसभामा विरोध गर्दै आएका थिए । सोही कारण मंगलबारका लागि बोलाइएको बैठक बुधबार दिउँसो एक बजेका लागि सारिएको थियो । तर बुधबार पनि नेकपा (माओवादी केन्द्र)ले विरोध गर्ने भएपछि सरकारले अधिवेशन नै अन्त्य गरेको हो । 

यसैबीच बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतिपक्ष दलहरूले बागमती सरकार असफल भएको टिप्पणी गरेका छन् । आकस्मिकरुपमा चालु अधिवेशन अन्त्य गर्नु सरकार असफलताको प्रमाण रहेको बताउँदै उसले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा माओवादी केन्द्र, राप्रपा र नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद सहभागी थिए । 

प्रकाशित: २० चैत्र २०८१ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App