प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई 'ह्याकुलो नभएको मान्छे' भन्ने टिप्पणी गरेका छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै खरेलले यस्तो बताएका हुन्।
'नवराजजी त्यति ह्याकुलो भएको मान्छे होइन, यसका लागि ह्याकुलो भएको मान्छे चाहिन्छ,' उनले भने, 'यो जुन कुरा गरिँदैछ, त्यो पछाडि जाने कुरा हो। अब अगाडि जाने कि पछाडि ? मैले जे कुरा गर्दैछु, योचाहिँ कमजोरीका बाबजुद अगाडि जाने कुरा हो।'
उनले राजावादीहरूले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको पनि बताए। 'पानी अलिलि धमिलिएको छ, त्यो सङ्लो बनाउने काम सरकारको हो। सरकारले त्यसका लागि काम गरिरहेको छ। तर, उहाँहरूले धमिलो पानीमा माछा मार्ने प्रयास गर्दै हुनुहुन्छ,' उनले भने।
उनले राजाको जेठो छोरो राजा हुने व्यवस्थालाई मान्नुपर्ने भनेर प्रश्नसमेत गरे। जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई स्वीकारिँदैन,' उनले भने, 'संविधानअनुसार प्रदर्शन गर्ने अधिकार जोसुकैसँग छ तर, संयमतापूर्वक।'
प्रकाशित: १३ चैत्र २०८१ २०:०२ बुधबार