१७ चैत्र २०८१ आइतबार
image/svg+xml ८:१६ पूर्वाह्न
राजनीति

१५ गते गणतन्त्र रक्षार्थ आन्दोलनमा सहभागी हुन समाजवादी मोर्चाको आह्वान

चारदलीय समाजवादी मोर्चाले १५ गतेको गणतन्त्र रक्षार्थ आन्दोलनमा सहभागिताका लागि आह्वान गरेको छ।

बुधबार (आज) बसेको मोर्चाको बैठकपछि सदस्य-सचिव खड्गबहादुर विश्वकर्माले भने, 'देशको परिस्थिति सामान्य छैन। जनता पनि सचेत हुने बेला भएको छ। १५ गते गणतन्त्र रक्षार्थ आन्दोलनका लागि सहभागी होऔँ।'

उनले १५ गतेको आन्दोलनमा डेढ लाखभन्दा बढी जनसहभागिता रहने दाबी पनि गरे। 'देशको परिस्थिति सामान्य छैन। भाइ-भारदारहरू उफ्रिँदैछन्। त्यसका प्रति हामीले जनतालाई आह्वान गर्छौँ,' उनले भने, 'डेढ लाख वरिपरि सहभागिता रहन्छ।'

विश्वकर्माले आफूहरूको आन्दोलनलाई बिथोल्नका लागि कहीँ कतैबाट 'कुचेष्टा' भइरहेको समेत बताए। १५ गते दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले पनि काठमाडौंमै प्रदर्शन गर्दैछ। त्यसका प्रति लक्षित हुँदै उनले भने, 'हामीलाई रोक्ने काम नहोस् कहीँबाट। आफ्नो ठाउँमा गर ठीक छ तर, कहीँ रोक्ने काम वा प्रयास नगरियोस्।'

यो पनि पढ्नुहोस्

गणतन्त्र विरोधीप्रति विदेशी शक्तिहरूको पनि आशक्ति देखिन्छ : समाजवादी मोर्चा

प्रकाशित: १३ चैत्र २०८१ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App