१७ चैत्र २०८१ आइतबार
image/svg+xml ०:५० पूर्वाह्न
राजनीति

प्रतिपक्षी दलले कुलमान हटाएकोमा संसदमा विरोध गर्ने

प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रूपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूले संसदमा आवाज उठाउने र सडकमा पनि विरोध गर्ने निर्णय भएको बताए।

सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरूको आरोप छ। तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाईको अर्थ रहँदैन।

उनले भने, ‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरूको बारेमा संसदमा भएका विपक्षी दलहरुको बैठक बस्यौँ। मुख्यतः सोमवार राति भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाईको दम्भका साथ पार्टीहरुको सरकारले गलहत्याउने काम गरेको छ। अनुशासन, विधिभन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो। त्यस निर्णयविरुद्ध सदनमा आवाज उठाउने छौँ। सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्ने छौँ।’

उनले सदनमा प्रतिपक्षी दलहरूले सरकारको उक्त निर्णयको विरुद्धमा विरोध गर्ने बताए।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने छ।

प्रकाशित: १३ चैत्र २०८१ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App