राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
मङ्गलबार (आज) काठमाडौंमा बसेको आन्दोलन मूल समितिको बैठकले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्। विज्ञप्तिअनुसार विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन हुनेछ।
‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ त्यहाँ भनिएको छ।
त्यस्तै, राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा र सङ्घीयताको विपक्षमा गरिने सबै आन्दोलनमा समर्थन गर्ने निर्णय पनि गरेको छ।
अरु निर्णय हेर्नुस्-


प्रकाशित: १२ चैत्र २०८१ १९:२९ मंगलबार