अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृतकको संख्या चार पुगेको छ।
शितगंगा नगरपालिका–२, भुवनपाटास्थित सडक खण्डमा भएको दुर्घटनामा तीन महिला र एक पुरुषको ज्यान गएको हो।
दुर्घटनामा २७ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
दुर्घटनाग्रस्त लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा दुर्घटनामा परेको बस सडकबाट अनियन्त्रित भई पल्टिएको बताइएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।
घाइतेहरूको स्थानीय तथा प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १३ चैत्र २०८१ १९:४६ बुधबार