पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकारसम्बन्धी विवाद समाधान गर्न सरकारलाई सुझाव दिएका छन्।
ताप्लेजुङको फुङ्लिङमा शनिबार (आज) प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी भएको उल्लेख गर्दै उनले भने, 'विवादलाई समाधान गरियोस्। म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।'
स्थानीय सहमति प्रमुख आवश्यक भएको शर्माले बताए। 'सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसमा स्थानीय सहमति पनि प्रमुख हुन्छ,' उनले भने।
प्रकाशित: ९ चैत्र २०८१ १७:२८ शनिबार