राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले 'सत्तामै भएका दलले आफ्नो शक्ति प्रदर्शन सेवा प्रवाहबाट गर्ने हो कि सडकबाट ?' भनेर प्रश्न गरेकी छन्।
सत्तारूढ दल नेकपा (एमाले) ले सडक आन्दोलनका लागि तयारी गरिरहेको सन्दर्भमा कार्कीले यस्तो प्रश्न सोधेकी हुन्। सोमबार (आज) साँझ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्- सत्तामै भएका दलले आफ्नो शक्ति प्रदर्शन सेवा प्रवाहबाट गर्ने हो कि सडकबाट ?
एमालेले गणतन्त्रको पक्षमा शृङ्खलाबद्ध रूपमा सडक आन्दोलनको घोषणा गरेको छ। यही आन्दोलनका प्रति इङ्गित गर्दै कार्कीले यस्तो प्रश्न सोधेकी हुन्।
यस्तै उनले अहिले सडक आन्दोलनमा जानुपर्ने अवस्था नभएको पनि बताएकी छन्। साँझ छोटो फेसबूक लाइभमा आएकी उनले भनेकी छन्, 'अहिले सडक आन्दोलनमै जानुपर्छ भन्ने पनि लाग्दैन। रास्वपा त आफैँमा आन्दोलन हो।'
प्रकाशित: ११ चैत्र २०८१ १९:२६ सोमबार