१८ चैत्र २०८१ सोमबार
image/svg+xml ०:१ पूर्वाह्न
अन्तर्राष्ट्रिय

'स्तन छुनु'लाई बलात्कार नमान्ने इलाहाबाद उच्च अदालतको फैसलालाई सर्वोच्चले रोक्यो

भारतको सर्वोच्च अदालतले बुधबार (मार्च २६) इलाहाबाद उच्च अदालतको विवादास्पद निर्णयमा रोक लगाएको छ।

इलाहाबाद उच्च अदालतले मार्च १७ को आफ्नो फैसलामा भनेको थियो कि 'पीडितको छाती छुनु र उनको सुरुवालको डोरी खोल्नुलाई बलात्कार वा बलात्कार प्रयासको मुद्दाको रूपमा मान्न सकिँदैन।'

इलाहाबाद उच्च अदालतको मार्च १७ को फैसलाविरुद्ध 'वी द वुमन अफ इन्डिया' नामक संस्थाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले यस विषयमा स्वतः संज्ञान लिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशहरू बीआर गवई र एजी मसिहको इजलासले फैसलाले 'पूर्ण रूपमा असंवेदनशील र अमानवीय दृष्टिकोण' देखाएकाले फैसलालाई रोक्न आवश्यक भएको बताएको छ। एजेन्सी

प्रकाशित: १४ चैत्र २०८१ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App