१४ चैत्र २०८१ बिहीबार
image/svg+xml १३:४१ अपराह्न
खेल

पीएम कप: एपीएफको फाइनल यात्रा बलियो, लुम्बिनी ७ विकेटले पराजित

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

सोमबार लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफको १२ अंक भएको छ। समान १४ अंक भएपनि अपराजित नेपाल पुलिस क्लब शीर्ष र त्रिभुवन आर्मी दोस्रो स्थानमा छन्। पुलिसले एक कम ७ खेल खेलेको छ।

जितका लागि २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा कप्तान रोहित पौडेलले ७१ र पुरन विकेले नटआउट ७२ रनको पारी खेले। रोहित र पुरनले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। सन्दीप जोरा २१ रनमा क्रिजमा रहे।

बलिङमा लुम्बिनीका राजेन्द्र बमले मात्र ५ ओभरमा ३ विकेट लिए। यसअघि एक्स्ट्रा टेक ओभल स्टेडियममा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२३ रन बनाएको थियो।

उसका लागि मृनाल गुरुङले ६४ र कप्तान देव खनालले ६३ रन बनाए। बलिङ‌मा अमर राउटेला र अभिषेकले समान ३ तथा मौसम ढकालले २ विकेट लिए। १० टोली सहभागी प्रतियोगितामा विभागीय टोलीमात्र फाइनल यात्राको दौडमा छन्।

बाँकी प्रदेश टिमहरु यसअघि नै उपाधि यात्राको होडबाट बाहिरिसकेका छन्।

प्रकाशित: ११ चैत्र २०८१ १९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App