प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले राजा र राजावादीहरूको सक्रियताविरुद्ध आन्दोलन गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिएको छ।
बिहीबार (आज) नागरिकसँग कुराकानी गर्दै खतिवडाले भने, 'राजा र राजावादीहरूको सक्रियताविरुद्ध आन्दोलन गर्नु आवश्यक छैन।'
आन्दोलनको घोषणा गर्नेहरूले 'कन्सट्रेसन'को राजनीति गर्न खोजेको आरोप लगाउँदै खतिवडाले भने, 'कांग्रेसले आन्दोलन नै गर्नुपर्ने आवश्यकता देखेको छैन अहिलेका लागि।'
उनले अगाडि भने, 'कोही संविधानविपरीत जान खोज्यो भने त्यसबेला सोच्ने हो। तर, अहिल्यै हामीले त्यो महसुस गरेका छैनौँ।'
सत्तारूढ दल नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), विपक्षी दल नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले भने आन्दोलनको घोषणा गरिसकेका छन्।
प्रकाशित: ७ चैत्र २०८१ १९:४० बिहीबार