सांसद सुहाङ नेम्वाङले इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै आजदेखि सुरु भएको एसइईका विद्यार्थीहरूलाई शुभकामना दिँदै उनले सरकारसमक्ष यस्तो माग गरेका हुन्।
उनले भने, 'इलामको साक्षरता दर ८३ प्रतिशत रहेको छ। इलाम सदरमुकाममा मरब क्याम्पस, आदर्श मावि लगायत केही विद्यालयहरूले न्यूनतम शिक्षाका मापदण्ड पूरा गरेका छन्। तर ग्रामीण क्षेत्रहरूका कतिपय विद्यालयहरूमा उचित कक्षाकोठा, पुस्तकालय तथा आधुनिक उपकरणाको अभाव रहेकोले विद्यार्थीहरूको सिकाइमा प्रकृया गम्भीर असर परेको छ। त्यसैले इलाममा शैक्षिक केन्द्रका रूपमा विकास गर्न आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गर्न चाहन्छु।'
प्रकाशित: ७ चैत्र २०८१ १२:३१ बिहीबार