१२ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:३० पूर्वाह्न
अन्य

आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा परेर कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु अधिकारीहरूले बताएका छन्। 

त्यस्तै २६३ जना घाइते भएको गाजास्थित शनिबार बताइएको छ।

सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन-इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको रिपोर्टहरूले देखाउँछन्।

धेरै पीडितहरू भग्नावशेषमुनि फसेको र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन्।

जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मंगलबार गाजामा पुनः आक्रमण सुरु गरेको हो।

प्रकाशित: ९ चैत्र २०८१ २१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App