नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि इलाम क्षेत्र नं-१ बाट युवा नेता हेमन्त खनालले ३५ वर्षमुनिको कोटा अन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टी सङ्गठनमा नयाँ पुस्ताको प्रत्यक्ष नेतृत्व स्थापित गर्ने र नीति निर्माणमा युवाको आवाज बुलन्द बनाउने सङ्कल्पसहित उनले चुनावी मैदान रोजेका हुन्।
सङ्गठनलाई परम्परागत ढर्राबाट मुक्त गरी थप सुदृढ, गतिशील र प्रविधिमैत्री बनाउन स्थानीय तहदेखि केन्द्रसम्मै युवा नेतृत्व स्थापित हुनुपर्ने एजेन्डा खनालले अघि सारेका छन्।
‘युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सङ्गठनलाई अझ सुदृढ बनाउने, स्थानीय तहदेखि केन्द्रसम्म युवाको नेतृत्व स्थापित गर्ने र नयाँ पुस्ताको आवाजलाई पार्टीभित्र बलियो बनाउने मेरो मुख्य सङ्कल्प हो,’ खनालले भनेका छन्, ‘युवाको ऊर्जा र अग्रजको अनुभवलाई जोडेर मात्र कांग्रेसलाई आजको बदलिँदो समयअनुसार सशक्त बनाउन सकिन्छ।’
आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई पार्टीको तल्लो तहमा रहेका युवाहरूको भावनालाई केन्द्रीय नीति निर्माणमा पुर्याउने माध्यम भएको उनको भनाइ छ।
प्रकाशित: १३ आश्विन २०८३ २२:०४ मंगलबार





-600x400.jpg)