६ चैत्र २०८१ बुधबार
image/svg+xml १८:३६ अपराह्न
राजनीति

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच आज (मंगलबार) नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री डा. जयशङ्करबीच आज भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै, पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन्।

नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भेटका क्रममा कुराकानी भएको थियो।

प्रकाशित: ५ चैत्र २०८१ २०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App