प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा रघुजी पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले इतिहासमा राजाहरूले गरेका गल्तीहरूका कारण अरूले पाएका दुखहरूको बारेमा भनिरहेका थिए।
पन्तले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको थियो ।
शाहीले आपत्ति जनाए पनि सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै उनलाई बोल्न दिएनन्। तर, उनले आपत्ति जनाइरहे। त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’
त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन शाहीलाई चुनौती दिए। उनले भने, 'मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाऔँ। इतिहास पढेर मसँग बहस गर्न आउनुस्। जुम्लामा हाहाहुहु गरेर होइन्। इतिहास पढेर आउनुस्।'
प्रकाशित: ३ चैत्र २०८१ १२:५५ आइतबार