गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफिर्किने बताएका छन्। बिहीबार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।
'देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ ।' गृहमन्त्री लेखकले भने, 'लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइएन अगाडी बढ्ने हो ।'
त्यसैगरी, समाजमा क्रान्तिकारी परीवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताए। संसारमा आजसम्मको प्रगती क्रान्ती र परीवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे।
जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राखे।
प्रकाशित: २२ फाल्गुन २०८१ १८:०९ बिहीबार





