९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’ स्वीकृत भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो। अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो।

त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्ताव बहुमतले पारित भएको छ।

यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ।

प्रकाशित: २१ फाल्गुन २०८१ १६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App