२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस शीर्ष नेताहरूको बैठक अपराह्न बस्ने, विभिन्न तीन एजेन्डा तय

नेपाली कांग्रेसले संसदमा पेश भएका विभिन्न विधेयकबारे आधिकारिक धारणा बनाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको आह्वानमा अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न भएको हो।

सभापति देउवा निवास बुढानीलकण्ठमा अपराह्न ४ बजे बस्ने बैठकले संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल गर्ने र आधिकारिक धारणा तय गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा र त्यसको समाधान तथा भ्रातृ संस्थाको चैत मसान्तसम्ममा गर्ने भनिएको अधिवेशनसम्बन्धमा भएका प्रगतिबारे छलफल गर्ने तयारी छ । यी सबै विषयमा संस्थागत निर्णयपछि बैठकले सम्बन्धित सबैलाई आवश्यक निर्देशन दिनेछ ।

बैठकमा वर्तमान सरकारले हालै ल्याएका अध्यादेश संसदबाट पारित गराउने सम्बन्धमा पनि छलफल हुने मुख्य सचिव पौडेलले बताए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।

प्रकाशित: १६ फाल्गुन २०८१ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App