११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:४० अपराह्न
राजनीति

नकारात्मक प्रचरप्रसारले विकास हुँदैन : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचरप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक सोचाइ राख्नुपर्ने बताएका छन् ।

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलको उद्घाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात गर्नुपर्ने बताए। भएका विकास निर्माणका काम संरचनाको सदुपयोग गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड थियो ।

सिटी हलले नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री ंिसंहले यसको सहि सदुपयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । ७९५ जनाको क्षमता रहेको सिटी हलको समुद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्री सिंहले बोल्ने अधिकार संगसंगै आफनो काम कर्तव्य लाई पनि भुुल्नु नहुने भन्दै सधै नकारात्मकतामा लाग्ने भन्दासकारात्मक आलोचना हुुनुपर्ने बताए । उनले वर्तमान सरकार राजनीतिक स्थिरताको जगमा समृद्धिको बाटमेमा अघि बढिरहेको भन्दै त्यसमा हरेकको साथको आवश्यक्ता रहेकोमा जोड दिए । 

प्रकाशित: १३ फाल्गुन २०८१ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App