१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा चाहिन्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा भित्रिएको घृणा, आक्रोश र गालीगलौजप्रति चिन्ता व्यक्त गरेका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्ता गालीगलौज र आक्रोशले देश र समाजलाई नकारात्कमतातर्फ धकेल्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। यस प्रकारका क्रियाकलाप कायम रहिरहेमा जो नेता वा जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न नसक्ने उनले बताए।

उनले लेखेका छन्, 'आजभोलि नेपाली समाजमा विशेषगरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन।'

सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्ने भन्दै उनले कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोशा चाहिने बताए। 

महासचिव पोखरेलले भने, 'कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोशा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ। सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ।'

समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता कुरामा गम्भीर हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १२ फाल्गुन २०८१ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App