२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका पदाधिकारीका गतिसँग महरको असन्तुष्टि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका पदाधिकारी आफ्ना जिम्मेवारीमा गम्भीर नदेखिएको आरोप लगाएका छन्। शुक्रवार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले पार्टी पदाधिकारी समयमै महाधिवेशन गराउन गम्भीर नभएको आरोप लगाएका हुन्। 

‘१५औँ महाधिवेशन विधान अनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टी सामु छ। महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीले आ–आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्छ,’ नेता महरले भने, ‘अब महाधिवेशनको १० महिना मात्र बाँकी छ। तर, जिम्मेवार पूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम कारबाही गम्भीर नदेखिएको आम नेता कार्यकर्ताको बुझाइ छ।’ लोकतान्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने उनले बताए।

साथै नेता महरले सरकार सञ्चालनका लागि बनेको पार्टी संयन्त्रको गति धिमा भएकाले उक्त गति बढाउन सुझाव दिए। सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने धारणा पनि महरले राखे । 

प्रकाशित: ९ फाल्गुन २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App