४ चैत्र २०८१ सोमबार
image/svg+xml १८:५९ अपराह्न
राजनीति

पूर्वराजाको सम्बोधनपछि थापाले भने- राजा र जनता मिलेर देशलाई बचाउनुपर्छ

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजा र जनता मिलेर देशलाई बचाउने र बनाउने बेला भएको बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्रको सम्बोधनपछि उनले यस्तो बताएका हुन्। 'राजा ज्ञानेन्द्रबाट अत्यन्तै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको छ। फेरि राजा र जनता मिलेर साझेदारीमा देशलाई बचाउने र बनाउने काम गर्नुपर्छ,' अध्यक्ष थापालाई सम्बोधन गर्दै महामन्त्री राजाराम बर्तौलाले भने।

यस्तै उनले राजाको सदासयतालाई नकारात्मक रूपमा लिन र टीकाटिप्पणी गर्न आवश्यक नरहेको पनि बताएका छन्। 'राजाको भनाइ प्रजातन्त्र, दल र नेताविरुद्ध होइन, मुलुकको समस्याप्रति हो। कसैलाई निषेध नगरौँ, सबै अटाउने प्रणाली आवश्यक छ,' उनले भनेका छन्।

यसअघि मङ्गलबार पूर्वराजाले देश बनाउनका लागि आफूलाई साथ दिन भनेका थिए।

प्रकाशित: ७ फाल्गुन २०८१ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App