सत्तारूढ दल नेकपा (एमाले) का सांसद सूर्य थापाले टिकटक खुल्दा देशमा केही बित्यास पर्यो त भनेर प्रश्न गरेका छन्। मङ्गलबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन्।
'हिजो सरकारमा हुँदा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री र सञ्चारमन्त्री अहिले सरकारले प्रतिबन्ध हटाइसक्यो त, देशमा केही बित्यास पर्यो र ? परेको छैन नि त। तपाईंहरूको दिल र दिमागमा भएको तानाशाही हुँडार सक्रिय भएर प्रतिबन्ध लगाउन सही थियो त ?,' थापाले सोधे।
उनले अहिलेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको भने तिनै प्रधानमन्त्री तथा सञ्चारमन्त्रीहरूले विरोध गरिरहेको बताए।
प्रकाशित: ६ फाल्गुन २०८१ १५:०७ मंगलबार





