सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए।
उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरिएको सुनाए।
‘विशेष गरी कोशी प्रदेशको सीमा नाकामा हामीले सतर्कता अपनाएका छौं। अरु सीमा नाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छाैं”, उनले भने।
प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगरेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए।
उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ। निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ।
प्रकाशित: ८ माघ २०८२ १९:०६ बिहीबार





