२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

राष्ट्रियसभा सदस्यसमेत रहेका उनले आज पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिएको बताइएको छ।

तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो।

उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

प्रकाशित: ८ माघ २०८२ १८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App