२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

ओडिसा घटनामा नेपाल र नेपालीमाथि धावा बोलियो: सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले ओडिसा घटनामा सिंगै नेपाल र नेपालीमाथि धावा बोलिएको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ओडिसा घटनामा न्याय माग्दै गरेका विद्यार्थीहरूमा अमानवीय व्यवहार गरेको र सिगै नेपाल र नेपालीमाथि धावा बोलिएको बताएका छन्।

'भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको न्यायको माग गर्दै आन्दोलन गरेका विद्यार्थीमाथि अपमानजन्य व्यवहार गरियो। अमानवीय व्यवहार गरियो र सिगै नेपाल र नेपालीमाथि धावा बोलियो,' उनले भने, 'तर सरकारको कूटनीतिक असमक्षताका कारण अहिले पनि विद्यार्थीले अमानवीय व्यवहार भोग्नु परेको छ।'

प्रकाशित: ६ फाल्गुन २०८१ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App