राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले परिवर्तनका लागि लड्नेहरूसँग कुनै साइनो नभएका व्यक्तिहरू संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताए।
संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरू गम्भीर बन्न समेत सांसद रोकायले आग्रह गरे।
उनले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढीकरण जरुरी रहेको बताए।
प्रकाशित: ६ फाल्गुन २०८१ १३:०७ मंगलबार





