सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ। बैठक मङ्गलबार (आज) साँझ ६ बजेपछि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्दैछ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी हुँदैछन्।
यसबाहेक गठित संयन्त्र मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
बैठकमा अध्यादेशलगायतका पछिल्ला राजनीतिक विषयबारे छलफल हुने बताइएको छ।
प्रकाशित: २९ माघ २०८१ १८:४१ मंगलबार