२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १५:३६ अपराह्न
राजनीति

'जेल बस्ने नेताको सम्पत्ति छानबिन आजीवन हुँदैन भन्ने अध्यादेश ल्याउनुस्, हामी समर्थन गर्छौँ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले प्रमुख दलका मुख्य नेताहरूको 'ठूलो घर' कहाँबाट आयो भनेर प्रश्न गरेका छन्। मङ्गलबार (आज) जारी संसद् बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्।

'अर्को अध्यादेश ल्याउनुस्। अमूक अमूक पार्टीको तत् तत् नेताको सम्पत्ति छानबिन कहिल्यै हुँदैन, आजीवन हुँदैन भनेर ल्याउनुस्। उहाँहरूले जेल बसेबापत् प्रतिवर्ष यति यति अर्ब भ्रष्टाचार गर्न पाउनुहुन्छ भनेर ल्याउनुस्,' उनले भने।

अगाडि उनले भने, 'निर्दलीयबाट बहुदलीयमा आउँदै गर्दा उहाँहरूको योगदान छ। तर, वर्षौँ जेल बसेर आउँदा एकैपटक दरबारमा चाहिँ कसरी पुग्नुभयो ? व्यवसाय कहाँ गयो ? कुनै पनि आर्थिक श्रोत थिएन। केही महिनामा कसरी बन्यो दरबार ? त्यसको छानबिन गर्न परेन ?,' उनले सोधे।

प्रकाशित: २९ माघ २०८१ १७:०६ मंगलबार

खुशी 50 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 50 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App