नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले डा. सीके राउत नेतृत्वको जनमत पार्टी र आफूहरूको पार्टीबीचको सकारात्मक सन्देश चाँडै सुन्न पाइने बताएका छन्।
आइतबार (आज) नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशनको खुला सत्रलाई सम्बोधन गर्न प्रज्ञा प्रतिष्ठान, कमलादी पुगेका चौधरीले यस्तो बताएका हुन्। 'जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ।
चौधरीले जनमतसँगको एकता प्रक्रिया अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे। नेसपा, विवेकशील साझालगायत दलहरूले वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने पनि उनले बताए।
प्रकाशित: २७ माघ २०८१ १५:४६ आइतबार





