५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

ललितपुरका मेयर महर्जन र जापानका राजदूत तोरुबीच भेटवार्ता

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र जापानका राजदूत माइडा तोरुबीच भेटवार्ता भएको छ ।  

महानगर प्रमुख चिरीबाबु महर्जनले आफ्नो कार्यकक्षमा जापानका राजदूत माइडा तोरुलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । राजदूत माइडा बिहीबार अपरान्ह पुल्चोकस्थित महानगर कार्यालयमा पुगेका थिए ।

नेपाल र जापानबीचको सम्बन्ध स्थापित भएको अर्को वर्ष ७० वर्ष पुग्ने बताउँदै यो समयमा कार्यगत एकता गरेर अघि बढ्ने बताए । दुई देशबीचको मित्रताको वर्ष गाँठको अवसर र नेपाल र नेपालीको हितका लागि सहकार्य गर्न खुसीको विषय भएको प्रष्ट पारे ।  नगर प्रमख र राजदूतबीचको भेटघाटमा दूतावासका प्रथम सेक्रेटरी ताकेदा तकाको पनि उपस्थित थिए ।  

महानगर महर्जनले २०७२ सालको भूकम्पमा भत्केका सम्पदा पुनर्निर्माणका लागि जापान सरकारले सहयोग गरेकोमा धन्यवाद दिए ।  

जापान सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘अब हामी छिट्टै यो मन्दिरको भव्य कार्यक्रम गरेर उद्घाटन गर्छौँ।’

सम्पदा पुनर्निमाणलगायतको ललितपुरको विकासको लागि जापान सरकार र जापानी जनतालाई नगर प्रमुख महर्जनले धन्यवाद दिए । उनले भने, ‘हाम्रो धन्यवाद महामहिम राजदूतमार्फत जापान सरकार र जापानी जनतालाई पठाउँछौँ ।'

प्रकाशित: २४ माघ २०८१ २०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App