२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

न्याय होइन, प्रतिशोध चलिरहेको छ : रास्वपा सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा सांसद सोबिता गौतमले उस्तै मुद्दामा पार्टी सभापति रवि लामिछानेमाथि कारबाही हुँदा अरु पार्टीसम्बद्ध नेताहरूले उन्मुक्ति पाएको बताएकी छन्।

उनले फेसबूकमा लेखेकी छन्, 'सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा एमाले केन्द्रीय सदस्य राजीव पहारी जोगिए। तर, रवि लामिछानेलाई ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग।'

यसले प्रतिशोध नै हो भन्ने पुष्टि भइसकेको जिकिर गौतमको छ। उले थप लेखेकी छन्, 'कांग्रेस सांसद विनोद चौधरी संलग्न बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना तर महान्यायाधिवक्ता कार्यालयले गर्‍यो मुद्दा नचलाउने निर्णय। भनेपछि सत्तासीनका लागि उन्मुक्ति हुने स्पष्ट भयो त ।'

उनले उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य जोडिएको बाल मन्दिर प्रकरणमा पनि त्यही चाल भएको बताएकी छन्। 'तर, यता रवि लामिछानेलाई रातारात सरुवा। सरकारले सङ्गठित अपराधको मुद्दा चलाउन दबाब दियो, सरकारी वकिलले ठगीमा मात्र दर्ता गरेपछि आकस्मिक सरूवा गरियो। सरुवा स्वाभाविक हो। तर, आकस्मिक सरूवा ?,' उनले सोधेकी छन्।

प्रकाशित: २३ माघ २०८१ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App