नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले गम्भीर चोटको कारण नौदेखि बाह्र महिनासम्म फुटबल मैदानबाट टाढा रहनुपर्ने भएको छ।
बुधबार अस्ट्रेलियन शीर्ष डिभिजन क्लब वेलिङ्टन फोनिक्सले गरेको स्वास्थ्य परीक्षण (एमआरआई) पछि साम्बाको दायाँ खुट्टामा गम्भीर चोट भएको पुष्टि भएको हो। यसैका कारण उनी लामो समयसम्म खेल्न असमर्थ हुने क्लबले जनाएको छ।
क्लबका अनुसार, गत जनवरी ३ मा ब्रिस्बेन रोरविरुद्धको खेलको दोस्रो हाफमा साम्बा घाइते भएकी थिइन्। त्यस खेलमा बल नियन्त्रण गर्न खोज्दा उनको खुट्टा विपक्षी गोलकिपर क्लोइ लिंकनसँग ठोक्किएको थियो। खेल समाप्तिपछि गरिएको विस्तृत परीक्षणले नै चोटको गम्भीरता थाहा भएको हो।
यसले गर्दा उनी आगामी लामो समयसम्म अन्तर्राष्ट्रिय तथा क्लबस्तरका कुनै पनि खेलहरूमा सहभागी हुन सक्ने छैनन्।
प्रकाशित: २५ पुस २०८२ ०६:५५ शुक्रबार





