नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिलान्यास गर्ने र अलपत्र पार्दै हिँडेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
‘केही वर्ष अगाडि यही सिंहदरबारमा बसेर झन्डै चार पाँच सय स्थानीय तहमा १५ बेडका हस्पिटल शिलान्यास गर्नुभाथ्यो,’ पाण्डेले भने, ‘कहाँ पुगे ती अस्पतालरु कति बनेछन् ?’
यस्तै १६५ निर्वाचन क्षेत्रमा रणनैतिक सडक शिलान्यास गरेका सडकहरूको अवस्थाबारे पनि पाण्डेले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । ‘ती सडक कति बनेछन्, त्यो सुनाउनुभएन ?’ पाण्डेले थप प्रश्न गरे।
प्रकाशित: १८ माघ २०८१ १६:१५ शुक्रबार