१३ वैशाख २०८२ शनिबार
image/svg+xml २:३७ पूर्वाह्न
राजनीति

सरकार परिवर्तनबारे एमाले- न सान्दर्भिकता, न औचित्य

सत्तारूढ दल नेकपा (एमाले) ले अहिले सरकार परिवर्तनको कुनै सान्दर्भिकता र औचित्य नरहेको प्रतिक्रिया दिएको छ।

सोमबार (आज) बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टी उमहासचिव प्रदीप ज्ञवालीले अहिले सरकार परिवर्तनको चाहना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहेक अरु कसैको नभएको बताए।

'प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ। यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ, न औचित्य छ। राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन। भ्रम सिर्जना गर्ने कोसिस भएको छ, त्यसलाई हामीले खण्डन गरेका छौँ,' बैठकपछि ज्ञवालीले भने।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका थिए।

प्रकाशित: १ वैशाख २०८२ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App