१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १८:० अपराह्न
खेल

आइपीएल: आज लखनऊ र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ अन्तर्गत आज (सोमबार) लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल लखनऊको भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ।

लखनऊ सुपर जायन्ट्सले अहिलेसम्म खेलेका ६ खेलमध्ये ४ मा जित हात पार्दै ८ अङ्कसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। चेन्नई सुपर किंग्सले भने ६ खेलमध्ये ५ मा पराजय बेहोर्दै अंक तालिकाको पुछारमा छ।

आजको खेलमा दुवै टोली आफ्नो प्रदर्शन सुधार्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

प्रकाशित: १ वैशाख २०८२ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App