२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

नाकाबन्दी निस्तेज पारेकै कारण ओलीमाथि आक्रमण: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान निर्माण बेला भारतीय नाकाबन्दी निस्तेज गरेकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी भएको दाबी गरेका छन्। शनिवार एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।  

‘केपी ओलीले संविधानसभाको काम संविधान जारी नै गर्ने हो भन्नुभयो । मित्रहरूले यसमा चिन्ता गर्नुपर्दैन भनेर भारतीय विदेश सचिव(अहिलेका विदेशमन्त्री) एस जयशंकरलाई,’ पोखरेलले भने, ‘यसरी संविधान सभाको नेतृत्व गर्ने व्यक्तिका रुपमा हाम्रो अध्यक्षमाथि भइरहेको आक्रमणलाई बुझ्नुपर्दछ।’ यो कुरा बुझे कसको रक्षा गर्नपर्छ भन्ने स्वतः बुझिने उनले दाबी गरे ।  

‘संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दीलाई नाकाबन्दी  पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले,’ पोखरेलले अगाडि भने ।  

तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भनेकाले त्यही दिनबाट उनीमाथि आक्रमण भइरहेको पोखरेलले दाबी गरे।  

प्रकाशित: १२ माघ २०८१ १६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App