राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन्।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि हिजो (बुधबार) हाजिरी जमानीमा रिहा भएका थिए। आजबाट हुने थुनछेक बहसका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन्।
बुधबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेको थियो।
रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ। आजबाट कानुन व्यवसायीहरू थुनछेक बहसमा सहभागी हुने छन्।
प्रकाशित: १० माघ २०८१ ०८:०० बिहीबार