प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको सुरुवात गरेका छन् ।
अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसर पारेर वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले संयुक्तरुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको कार्यक्रममार्फत् प्रधानमन्त्री ओलीले मंगलबार संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।
प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरेका थिए । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रकाशित: ८ माघ २०८१ १५:३२ मंगलबार