१५ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज पाँच संसदीय समितिको बैठक बस्दै

मंगलबार (आज) पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत दिउँसो साढे एघार बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि  छलफल हुनेछ । 

त्यस्तै दिउँसो एक बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान एघार बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय, समितिमा प्राप्त उजुरी उपर सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो तीन बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ । त्यस्तै बिहान एघार बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ । 

प्रकाशित: ८ माघ २०८१ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App