नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर अर्को राजनीतिक दुर्घटनाको धम्की दिएका छन्। बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै दाहालले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिएका हुन् ।
‘अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यस कारण हामी आम जनतालाई सतर्क रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ ।’
अहिलेको उपलब्धि खोस्न खोजियो भने राजनीतिक दुर्घटनातिर जाने उनले बताए । ‘अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ । त्यसैले हामीले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्छ’, दाहालले भने ।
प्रकाशित: ३ माघ २०८१ २०:०० बिहीबार