१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

क्रिकेटका लागि ‘धेरै गरेको’ दाहालको दाबी: खेलाडी प्रचण्ड चाहियो भन्छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले क्रिकेट लगायतका खेलकुदका लागि धेरै काम गरेको दाबी गरेका छन् । सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलवार सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गदै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन् । 

‘क्रिकेटलाई प्रमोट गर्न मैले धेरै गरेको छु,’ अध्यक्ष दाहालले भने, ‘र, क्रिकेटका खेलाडी पूर्व खेलाडी कप्तान सबैले पनि हरेक ठाउँमा क्रिकेटको कुरा आउँदा प्रचण्ड चाहियो भन्ने गर्नुहुन्छ ।’ 

यस्तै फुटबल त आफू फ्यान नै रहेको दाहालले बताए । उनले भने, ‘फुटबलको त म आफै फ्यान नै हो ।’ फुटबललाई प्रमोट गर्ने कुरामा होस् या कराँतेलगायतका खेल प्रमोट गर्ने कुरामा आफूले धेरै गरेको अध्यक्ष दाहालको दाबी छ । 

‘भलिबल त म दोस्रो पटक प्रधानमन्त्री हुने बेलामा मैले नै राष्ट्रिय खेलको रूपमा भलिबललाई घोषणा गराएको मन्त्रिपरिषद्बाट । त्यस कारण भलिबलप्रति त मेरो विशेष अभिरुचि, जिम्मेवारी छँदै छ,’ दाहालले भने । 

प्रकाशित: १ माघ २०८१ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App