रास्वपा सभापति रवि लामिछाने आइतबार (आज) बयानका लागि अदालतमा हाजिर हुने भएका छन्। पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका हुन्।
लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने जनाइएको छ। पोखराको सुर्यदर्शन सहकारी रकम अपचलपको मुद्दामा लामिछानेलाई जिल्ला अदालत, कास्कीले गत बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको थियो।
तर काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी छन्। सोहीकारण बयानका लागि उनी जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका हुन्।
प्रकाशित: २८ पुस २०८१ ०८:०५ आइतबार