२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र राप्रपा नेपाल अध्यक्ष थापाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज बिहान भेट भएको छ। सो अवसरमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्श भएको थियो।

भेटमा प्रम ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए। आफूले २०८७ मा संविधान संशोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधनपछि धकेलिन सकिने आफ्नो धारणा रहेको बताएका थिए।

सो अवसरमा राप्रपा नेपालका अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए।

प्रकाशित: २६ पुस २०८१ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App