माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरूबीच शुक्रबार (आज) दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। भेटमा उनीहरूबीच समाजवादी मोर्चालाई थप सक्रिय बनाउनेबारे छलफल भएको छ।
यसअघि बिहीबार पनि दाहाल र माधवबीच भेटवार्ता भएको थियो। भेटमा माधवले राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्नेतर्फ सङ्केत गर्दै त्यसको विरोध गर्नुपर्ने बताएका थिए।
यो पनि पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेशको त्रासमा माधव, दाहाल गुहार्दै
प्रकाशित: २६ पुस २०८१ १६:२३ शुक्रबार