प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान संशोधनका लागि कार्यदल बन्ने बताएका छन्।
शुक्रबार (आज) साँझ राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीलाई उद्धृत स्रोतले भन्यो, 'संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु।’
उनले दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य संविधान संशोधनकै लागि भएको स्मरण गर्दै राष्ट्रपतिलाई यसो भनेको स्रोतको दाबी छ।
प्रकाशित: २६ पुस २०८१ १९:२६ शुक्रबार