२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

'भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ'

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथासक्य चाँडो समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गाको स्वामित्वसम्बन्धी समस्याका समाधानका लागि शुक्रबार (आज) आयोजित सरोकारवाहरूसँगको अन्तर्क्रियामा सभामुख घिमिरेले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले भने, “छिटो गर्नुपछ, सक्ने नसक्ने, प्रधानमन्त्रीले गर्ने कि मन्त्रिपरिसदले गर्ने जसले गरे पनि छिटो गर्नुपर्छ ।”

उनले विसं २०२०/२१ देखि भूमिसम्बन्धी समस्या भए हालसम्म समस्या समाधान नभएको बताउँदै उनले भने, “व्यवस्था परिवर्तन भए अवस्था उस्तै छ, तर समाधानका लागि निरन्तर लाग्नुपर्छ, इमान्दार र जिम्मेवार भएर सबै लाग्नुपर्छ । नीतिगत समस्या छ भने नयाँ ऐन बनाएर समस्या समाधान हुनुपर्छ ।”

भूमि आयोगले समस्या समाधान गर्नुपर्ने भए राजनीतिक अस्थिरताका आयोगले काम गर्न नसकेको बताउँदै उनले आयोगलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित: २६ पुस २०८१ २१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App