२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिलो पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गर्न शर्माको माग

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पहिलो पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गर्न माग गरेका छन्।

आइतबार (आज) कांग्रेस झापा क्षेत्र नं. १ ले मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ। कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको कुरा पनि गरिरहेका छन्, तत्काल नेपालमा त्यसको आवश्यकता छैन। संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन,' उनले भने।

त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनको भनाइ थियो ।

प्रकाशित: २१ पुस २०८१ २०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App