२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भयो : नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन्।

मंगलाबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अन्य राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे।

नेता रिजालले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गरे। उनले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताए। उनले आजको कारोबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको बताए।

प्रकाशित: २३ पुस २०८१ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App